भारतप्रति आशंका

भारतीय जासुसी संस्था मेरो हत्यामा जुटेको छ : श्रीलंकाली राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना ।

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरीसेनाले भारतको बाह्य जासूसी संस्था ‘रअ’ले उनको हत्याको षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

भारत—श्रीलंका सम्बन्धमा अत्यन्त प्रतिकुल प्रभाव पार्न सक्ने यो दावी राष्ट्रपति सिरीसेनाले मन्त्रीपरिषद्को साप्ताहिक बैठकमा गरेको भारतको अंग्रेजी दैनिक पत्रिका ‘द हिन्दु’ले जनाएको छ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो कुरा थाहा नहुन सक्छ । तर भारतीय एजेन्सी ‘मेरो हत्या’को कोसिसमा छ’, सिरीसेनालाई उद्धित गर्र्दै ‘द हिन्दु’ले भनेको छ।

‘द हिन्दु’ले राष्ट्रपति सिरिसेनाले यो दावी गर्दा उक्त बैठकमा उपस्थित रहेको एक ‘स्रोत’ बाट यो सूचना हासिल गरेको दावी गरेको छ।
‘हामी स्तब्ध भएका छौं’, उक्त स्रोतलाई उद्धित गर्दै ‘द हिन्दु’ले भनेको छ।

श्रीलंकाली राष्ट्रपतिको सञ्चार इकाइमा सम्पर्क गर्दा यसको सत्यता पत्ता लगाई आफुलाई सूचित गर्ने बताइएपनि राती पत्रिका छापिदा सम्म त्यताबाट कुनै सूचना नआएको ‘द हिन्दु’ले जनाएको छ।

राष्ट्रपति सिरीसेनाको यो दावी प्रधानमन्त्री रनील विक्रमसिंघेको प्रस्तावित दिल्ली यात्रा भन्दा केही दिन अघि आएको छ।
दिल्लीप्मा श्रीलंकाली प्रधानमन्त्री विक्रमसिंघेले मोदीसँग भेटी दुई पक्षीय सम्बन्ध र भारतद्धारा सहयोग प्राप्त परियोजनाको निर्माणबारे वार्ता गर्ने अपेक्षा गरिएको छ।

श्रीलंकाको कुनै नेताले भारतीय जासूसी संस्था विरुद्ध आरोप लगाएको यो पहिलो अवसर भने हैन।  सन् २०१५ को निर्वाचनमा पराजित भएपछि पूर्व राष्ट्रपति महिन्दा राजपक्षले उनको पराजयका लागि ‘रअ’ समेतलाई दोष दिएका थिए।

मंगलबारको बैठकमा उपस्थित स्रोतका अनुसार आफुलाई निशाना बनाई गरिएको हत्या षडयन्त्रबारे सरकारको उदासिनताको मुद्दा उठाउँदै राष्ट्रपति सिरीसेनाले ‘रअ’ माथि दोषारोपण गरेको ‘द हिन्दु’ले उल्लेख गरेको छ।

अशोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू