दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

सांकेतिक तस्बिर

चितवन – इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा १ झ ५६५ नंको ट्याङ्करले दिउँसो १२ः४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपाली र नाम नखुलेको एक बालक रहेका छन् । घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य तीनजना उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । मृतकहरु भ्यान र ट्याङ्कर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन सकेको छैन । दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ ।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्