रणवीरको परिवारलाई साथ दिन आलिया पुगिन् न्यूयोर्क

अभिनेत्री आलिया भट्टले आफैँले न्यूयोर्क पुगेको फोटो सामाजिक सञ्जालमा हालेकी छन्। उनी यहाँ आफ्नो प्रेमी रणवीर कपूर र उनको परिवारलाई साथ दिन आइपुगेकी हुन्। रणवीर कपूरका बुवा अभिनेता ऋषि कपूर अहिले अनिश्चित रोगको उपचारमा छन्। अनुहारमा सकारात्मक भाव बोकेको तस्बिर उनले सार्वजनिक गरेकी छन्, जसमा उनले लेखेकी छन्, ‘एउटा ठूलो स्याउ’
न्यूयोर्कको बसाईमा ऋषि कपूरलाई भेट्न सोनाली बेन्द्रे पुगेकी छन्, जो आफैँ पनि क्यान्सरको उपचार गराइरहेकी छन्। आफ्नो शो को सुटिङ्गको लागि अमेरिका रहेका अनुपम खेर यस्तै अभिनेत्री प्रियंका चोपडा पनि त्यहाँ पुगेकी छिन्।
यहि लहरमा परेकी हुन् आलिया। आलियाको यो भ्रमणले उनी र रणवीरको सम्बन्धको निकटतालाई प्रमाणित गर्छ। उनीहरु आफ्नो सम्बन्धमा एकदमै खुल्ला छन्, उनीहरुको इन्स्टाग्राम पोस्टले पनि उनीहरुको सम्बन्ध देखाउने गर्छ। ऋषिले केही समय अगाडि मुम्बई मिररसँग रणवीर र आलियाको सम्बन्धको बारेमा भनेका थिए, ‘यो रणवीरको जीवन हो।
उनको जीवनसाथी रोज्न उसलाई स्वतन्त्रता छ। नितुलाई आलिया मन पर्छ, मलाई पनि अनि रणवीरलाई पनि। म निर्णायक बन्न सक्दिन, मेरो साथी मैले परिवारको सहयोगमा रोजेको थिए। रणवीर आफैँले आफ्नो जीवनसाथी रोज्ने छ।