फाइल तस्बिर

काठमाडौँ—राष्ट्रपति विद्यादेवी भण्डारीले महाअस्टमीका अवसरमा उपत्यका तथा बाहिरका विभिन्न शक्तिपीठहरुको दर्शन गरेकी छिन्।

बुधबार बिहान काभ्रेस्थित पलाञ्चोक भगवती र पछि अपरान्ह राजधानीका  नक्साल भगवती, गुह्येश्वरी, भद्रकाली,  संकटा, माहांकाल , शोभा भगवती, कालिकास्थन लगायत मन्दिरहरुमा पुगी देवी दर्शन गरेकी थिइन्।


नेपाल धर्म निरपेक्ष भएपछि राष्ट्राध्यक्षको हैसियतमा धार्मिक समारोहमा जाने की नजाने भन्ने बहस केही समय चलेतापनि राष्ट्रपति भण्डारीले हिन्दु राजसंस्था समयको परम्परालाई निरन्तरता दिँदै आएकी छिन्।

असोज ३१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्