अर्कैको ऋण तिर्न १३ वर्षमै यौन सम्पर्क गर्न बाध्य, १० वर्ष बित्यो यौन दासीका रुपमा

दासत्व औपचारिक रुपमा अन्त्य भएको लामो समय भयो भनेर दाबी गरिन्छ । तर दासत्वका आधुनिक रुपहरु विश्वभर अहिले पनि जीवित छन् ।

दासत्वको एक रुपमा पर्छ यौन दासत्व । बेलायतकी एक महिलाले आफू एक दशक भन्दा लामो समय यौन दासीको रुपमा बिताउन बाध्य भएको बताएकी छन् । इंग्ल्याण्डमा पुरुषहरुको एक समूहले आफूलाई एक दशकसम्म यौन दासका रुपमा प्रयोग गरेको ती महिलाले बताएकी छन् ।

जेनी (नाम परिवर्तन) लाई ११ वर्षको उमेरदेखि ग्रुम गर्न थालियो । उनलाई १३ वर्षको हुँदा एक लागुऔषध कारोबारीसँग यौन सम्पर्क गर्न बाध्य पारियो, त्यो पनि अर्को व्यक्तिको ऋण तिर्नका लागि।

आफूलाई लगेको व्यक्तिले एकपटक शरीरमा पेट्रोल खन्याएरको र आगो लगाउने धम्की दिएको उनले बताएकी छन् । बेलायतको द साल्भेस आर्मीले आधुनिक दासहरु विशेष गरी विदेशबाट आउने गरेको बताएको छ । तर बेलायती दासको संख्या झण्डै दोब्बर रहेको बताइएको छ ।

यसरी दास बनाइएकाहरुलाई यौन कार्यमा लगाउनुका साथै बास तथा कार सफा गर्ने ठाउँमा पनि काम लगाउने गरिएको छ ।

आधुनिक दासत्वमा विशेष गरी महिलालाई यौन दासीका रुपमा लिने गरिएको छ । उनीहरुमाथि गम्भीर रुपले यौन हिंसा हुने गरेको छ ।

कात्तिक १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्