राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि दिइयो

जनकपुरधाम – जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष करिब १५ हजार बोकालाई बलि दिइएको छ ।
बुधबार साँझ महाअष्टमीका दिन साढे ७ बजेबाट सुरु भएको बलिमा १४ हजार ९ सय ९७ वटा बोकाको बली दिइएको हो । गत वर्ष राजदेवी मन्दिरमा १२ हजार ४ सय ४७ वटा बोकाको बलि दिइएको थियो ।
एक मिनेट करिब ३० वटा बोकालाई बलि चढाईंदै गरेको उक्त कार्यक्रम आज बिहान ३ बजेर ३२ मिनेटमा सम्पन्न भएको महावीर युवा कमिटिले जनाएको छ ।
बलि प्रदानका लागि चारवटा ठेहा राखिएको राजदेवी मन्दिरमा करिब सय जना युवाहरु परिचालित भएका थिए ।