साउदी अरेबियाको लगानी सम्मेलन अमेरिका र बेलायतका मन्त्रीले गरे बहिष्कार

साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान

बेपत्ता पत्रकार जमाल खाशोग्गीको विषयलाई लिएर अमेरिका तथा बेलायतका वित्त मन्त्रीले साउदी अरेबियामा हुने लगानी सम्मेलन बहिष्कार गर्ने भएका छन् ।

साउदी अरेबियाका पत्रबार खाशोग्गी यहि अक्टोबर २ देखि बेपत्ता छन्, उनको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा हत्या भएको टर्कीले दाबी गरेको छ ।

साउदी अरेबियाले भने अहिलेसम्म पत्रकार खाशोग्गीको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ । अमेरिकी वित्त मन्त्री स्टिभन एमनुचिन तथा बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिएम फक्सले रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने भएका हुन् ।

द फ्युचर इनभेस्टमेन्ट इनिसिएटिभ समिट यहि अक्टोबर २३ देखि २५ सम्म हुँदैछ । साउदी अरेबियाका शक्तिशाली युवराज अर्थात क्राउन प्रिन्स मोहम्मद बिन सलमानले आफ्ना सुधारका एजेण्डा प्रमोट गर्न यो सम्मेलन आयोजना गरेका हुन् । युवराज सलमानले आर्थिक तथा सामाजिक आधुनिकिकरण अभियानलाई भिजन २०३० नाम दिएका छन् ।

उनले तेलमा साउदी अरेबियाको निर्भरता कम गर्ने तथा नयाँ जागिर सिर्जना गर्ने उद्देश्य लिएका छन् । तर अमेरिका र बेलायतका मन्त्रीले सम्मेलन बहिष्कार गर्नुलाई प्रिन्स सलमानका एजेण्डामा रहेको असहमतिका रुपमा लिइएको छ ।

कार्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्