बेपत्ता पत्रकार खाशोग्गीको शरीर नष्ट गरिएको आशंका

बेपत्ता पत्रकार जमाल खाशोग्गीको अवस्थाबारे अनुसन्धानमा जुटेको टर्कीको प्रहरीले खोजीको दायरा फराकिलो बनाएको छ ।

अमेरिकी पत्रिकामा लेख्ने साउदी अरेबियाका पत्रकार खाशोग्गीको हत्या भएको दाबी गर्दै आएको टर्कीको प्रहरीले खोजीलाई थप तीव्र बनाएको छ ।

खाशोग्गीको शरीर शेलगार्ड जंगल वा फारर्मल्याण्डमा नष्ट गरिएको हुन सक्ने एक टर्किस अधिकारीले नाम नबताउने शर्तमा भनेको बिबिसीले उल्लेख गरेको छ ।

पत्रकार खाशोग्गीको अक्टोबर २ देखि स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता छन् । साउदी अरेबियामाथि उनको हत्या गरेको आरोप छ, तर साउदी अरेबियाले भने स्पष्ट रुपमा सबै आरोप अस्वीकार गर्दै आएको छ ।

स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयबाट लिइएका नमुना खाशोग्गीको डिएनएसँग मिल्छ कि मिल्दैन भनेर अनुसन्धान गरिएको छ

कात्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्