पूर्व राजा ज्ञानेन्द्रको हातको टीका लगाउनेको लहर

काठमाडौँ—पूर्व राजा ज्ञानेन्द्र शाहसँग टीका थाप्नेहरुको विशाल भिड लागेको छ । दिउँसो सवा तीन बजेदेखि खुला गरिएको निर्मल निवास परिसर र बाहिरको सडक पेटी टीका थाप्नेहरुको भिडले भरिएको थियो।

यसपल्ट टीका थाप्नेहरुमा अधिकांश युवा, बालबालिका र विद्यार्थीहरु धेरै थिए।

गणतन्त्रको १० औँ वर्षको विजयादशमीमा पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलको हातबाट टीका लगाउनेको भिड अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको प्रत्यक्षदर्शीहरुले बताए।

उनको हातको टीका थाप्न विभिन्न जातजातीसँगै मधेसबासी र इस्लाम धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति थियो।

उपस्थित केहीले पूर्वराजारानीलाई पुष्पगुच्छा प्रदान गरे भने निर्मल निवास प्रांगणको एउटा छेउमा राष्ट्रिय गीत र धुनहरु निरन्तररुपमा बजिरहेका थिए।

झण्डै साढे ३ घण्टा जारी टीका कार्यक्रममा यसअघि स्वास्थ्यका कारण अनुपस्थित हुने गरेकी पूर्व रानी कोमल पनि सामेल भएकी थिइन्।

शाहवंशीय कुलगुरुसँगै उनका आध्यात्मिक र राजकीय संरक्षक गुरु गोरखनाथपिठको प्रसाद ग्रहण गरेका थिए ।

कार्तिक २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू