
मित्रबन्धु पौडेल –
१
मालश्री धुन
झुलेका धान बाला
शारदी हावा
२
लट्टाइ खोल
प्रणयको धागोमा
धर्ती बेरिन्छे
३
धर्ती उडेर
चुचुरोमा बेरिई
आकाश हाँस्यो
४
अग्निको शक्ति
चक्रबिहीन विष्णु
खै इन्द्रबज्र ?
५
दुर्गाको क्रोध
निर्मलाको न्यायमा
क्षुरप्र बनोस् ।
(क्षुरप्र नामको वाणले निशुम्भको तरबार काटिएको थियो ।)