रुससँगको महत्वपूर्ण परमाणु सन्धिबाट बाहिरिने भयो अमेरिका

अमेरिका परमाणु हतियार सम्बन्धी रुससँगको महत्वपूर्ण सन्धिबाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेका छन् ।

पत्रकारसँगको कुराकानीको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले सन् १९८७ को सन्धिको उल्लंघन गरेको आरोप लगाए । अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

अमेरिकाले नपाएको अवस्थामा रुसले यस्ता हतियार परीक्षण गर्न दिने पक्षमा आफूहरु नरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले भने, ‘मलाई थाहा छैन कि राष्ट्रपति बाराक ओबामाले यसबारेमा कुनै छलफल किन गर्नु भएन वा यसबाट किन बाहिरिनु भएन । रुसले यो सन्धि धेरै वर्षदेखि उल्लंघन गर्दै आएको छ ।’

सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले आइएनएफको उल्लंघन गरेको भन्दै रुसको आलोचना गरेका थिए ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

कार्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्