पोखराबाट घर फर्किँदै गरेका दाङका एकजना मृत भेटिए

सांकेतिक तस्बिर

दाङ – पोखराबाट दाङमा रहेको घर फर्किँदै गरेका एक व्यक्ति मृत भेटिएका छन् । लमही बजारको बसपार्कमा शव फेला परेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङखोला निवासी ३९ वर्षिय कृष्णबहादुर पुन मगर लमहीको बसपार्कमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

शवलाई पोष्मार्टका लागि लमही अस्पतालमा राखिएको छ । कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कात्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्