आज रातिदेखि भोलि बिहानसम्म उल्कावर्षा हुने

काठमाडौँ – आइतबार राति उल्कावर्षा हुने भएको छ । हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् ।

उल्कावर्षा हेर्नका लागि सोमबार बिहान पौने ४ बजेपछिको समय उत्तम हुने जानकारी वैज्ञानिकले दिएका छन् ।

नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक उल्कावर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ ।

उल्कावर्षाको गति प्रतिसेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले झण्डै ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण भएर यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिएका हुन् ।

कार्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू