८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

महोत्तरी – महोत्तरीको औरही नगरपालिकामा ८ महिने शिशुको बलात्कारपछि हत्या गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ परेका छन् ।
स्थानीय व्यवसायी सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीको बलात्कारपछि हत्या गरेका अभियुक्त भरत साहलाई प्रहरीले सुनसरीको इनरवा स्थित भण्टाबारीबाट पक्राउ गरेको छ ।
सोनालीलाई बालत्कार गरी हत्या गरेको महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षिय साह घटनाको दुई महिनापछि पक्राउ परेका छन् ।
भण्टावारी स्थित प्रहरीचोकीमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहसहितको टोलीले साहलाई पक्राउ गरेको जनाइको छ ।
८ महिने शिशु सोनालीको गएको भदौ १० गते बेलुका आमाकै काखबाट खेल्दै गरेको बेला भरत साहले बच्चा खेलाउन भनि लगेका थिए । पछि शिशुको लागि बलात्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई गाउँकै जंगलमा फालेका थिए ।
शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सिसिटिभी क्यामेरामा कैद भएको थियो उक्त फुटेजबाट हत्यारा साह रहेको पहिचान भए पनि अभियुक्त लुकेकाले प्रहरीले समात्न सकेएको थिएन ।