सरप्राइज !

जस्टिन बिबरले विवाह गरे, कोर्टम्यारिजका लागि हाइली बाल्डविनको पहल

क्यानडियन पप स्टार जस्टिन बिबर र मोडल हाइली बाल्डविनले विवाह गरेका छन् । उनीहरुले अदातलमा गएर कानुनी रुपमा विवाह गरेको हुन् । यो खबरले जस्टिनका फ्यानहरु सरप्राइज भएका छन् ।

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका उनीहरुले केही महिना अगाडि इन्गेजमेन्ट गरेका थिए। उनीहरुको इन्गेजमेन्टको खबरले नै अधिकांशलाई अचम्मित पारेको थियो, त्यो भन्दा ठूलो सरप्राइज उनीहरुले गुपचुप कानुनी रुपमा विवाह गरेर दिएका हुन् ।

उनीहरुले अघिल्लो महिना नै कोर्टम्यारिज गरेको खबर सार्वजनिक भएको छ। स्रोतका अनुसार यो गोप्य समारोह हाइलीको आइडिया थियो।
‘हाइली धेरै तेज युवती हुन्, उनी जस्टिनलाई आँखा चिम्लेर प्रेम गर्ने मात्र होइन, उसले चाहेको पनि गर्छिन्।’ स्रोतले भन्यो, ‘उनी धेरै समय अगाडिबाट नै जस्टिनसँगै हुन चाहन्थिन्।’

‘उनका परिवार र साथीले भव्य समारोह गरेर यो जोडीलाई नवविवाहित दम्पत्ति बनाउन चाहन्थे’ तर स्रोतका अनुसार ‘बाल्डविन ठूलो समारोह गरेर भन्दा आधिकारिक रुपमा जस्टिनलाई आफ्नो श्रीमान बनाउन चाहन्थिन।’

‘यो विवाह उनको आइडिया थियो। यो समारोह, तिमी र म यो दुनियाको विरोधमा’ जस्तो थियो।’ स्रोतले भन्यो, ‘हाइलीले भनेकी थिइन्, हाम्रो माया यो संसारलाई देखाउँ, हाम्रो प्रेम मात्र पागलपन र झुकाव होइन, हामी यसमा गम्भीर छौँ।’

पिपुल्स म्यागजिनका अनुसार बाल्डविनले आफ्नो थर पनि बदलेकी छन्, उनले आफ्नो नाम अब ‘हाइली बिबर’ राख्ने भएकी छन्। भर्खरै उनले दिएको अन्तर्वार्तामा २१ वर्षकी मोडलले आफ्ना २४ वर्षका श्रीमानका बारेमा केही बताइन्।

‘उ अविश्वसनीय छ’ उनले खुशी हुँदै भनिन्, ‘मलाई उसको सबै कुरा मन पर्छ, सबै गीत, सबै अभिव्यक्ति। म उसले गरेका हर चिज हेर्नका लागि लालायित हुन्छु। मेरो होश उसले उडाइदिन्छ।’

उनले अघिल्लो वर्षको बारेमा पनि कुरा गरिन्, ‘मैले जीवनमा कहिले पनि आफूलाई त्यत्ति ध्यान दिएको छैन। आफ्नो मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको बारेमा सोच्नु त्यति सजिलो काम हैन किनभने तपार्इँ आफूलाई सधैँ अगाडि बढाउन धकेलिरहनुभएको हुन्छ। अघिल्लो वर्षहरुमा मेरो केही कुरा पनि सन्तुलित थिएन।’

उनका अनुसार अहिले केही ठीक हुन खोजेको छ।

कात्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्