अबको यात्रा सारेगमपमा

नेपाल आइडलमा टप टेनमा पुग्न नसकेकी मेनुका भारतीय शो सारेगमपमा छानिइन्

काठमाडौँ–रियालिटि टेलिभिजन सो नेपाल आइडलको पहिलो सिजनमा गएर सबैको आँखामा छाएकी हुन् मेनुका पौडेल। विर्तामोड झापाकी मेनुका दृष्ट्रिबिहिन हुन्। नेपाल आइडलमा उनको यात्रा टप ११ सम्म मात्र पुग्यो। तर अहिले भने उनी भारतीय रियालिटि शो सारेगमपको अडिसनमा छानिएर मेगा अडिसनमा पुगेकी छिन्।

नेपाल आइडलमा उनले काठमाडौँबाट अडिसन दिएकी थिइन्। यो भन्दा अगाडिदेखि नै उनी संगीत क्षेत्रमा क्रियाशिल थिइन्। नेपाल आइडलबाट बाहिरिएपछि उनले धेरैओटा गीत रेकर्ड गराइसकेकी छन्।

सारेगमपको अडिसनमा उनले ‘सनि’ चलचित्रको गीत ‘जाने क्या बात हे’ गीत गाएकी थिइन्। चलचित्रमा यो गीत लता मंगेश्करको स्वरमा छ।

सारेगमपका निर्णयकले पनि मेनुकाको प्रशंसा गरेका छन्। उनको प्रस्तुतीले धेरैको आँखा समेत रसाय।

मेनुका सारेगमपको पहिलो नेपाली प्रतियोगी रेहेको संगीतकर्मी वाजिद खानले बताएका थिए। उनले मेनुकाको गायकीको प्रशंसा गरे र उनलाई मेगा अडिसनमा लैजाने निर्णय सुनाए। यस्तै अर्की सोना मोहापत्राले पनि उनले गीतलाई अनुभूत गरेको र उनको संगीतको परिपक्कताको प्रशंसा गरिन्।

अर्का निर्णायक शेखर रभजानीको आँखामा मेनुकाको प्रस्तुतीपछि आँसु आएको थियो। तीनजना नै निर्णायकले उनलाई मेगा अडिसनको लागि बोलाएका छन् प्रस्तुती पछि उनले १०० प्रतिशत नै अंक प्राप्त गरिन्।

संगितको कुनै भाषा र सिमा हुँदैन भने जस्तै मेनुकाले भौगोलिक सिमा तोडेर अहिले भारतीय रियालिटि शोमा प्रस्तुती दिएकी छन्। उनको सारेगमपको यात्रा कहाँसम्म पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ।

उनको प्रस्तुती यस्तो छ।

कार्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू