#MeToo मुमेन्ट को प्रभाव

इन्डियन आइडलको निर्णायकबाट बाहिरिए अनु मलिक, ४ महिलामाथि यौन दुर्व्यवहारको आरोप

संगीतकर्मी अनु मलिक सन् २००४ देखि रियालिटी शो इन्डियन आइडलमा निर्णायक थिए। इन्डियन आइडल जूनियर ७ र ८ औँ सिजनमा उनी निर्णायक भएका थिएनन्। नत्र इन्डियन आइडलका हरेक सिजनमा उनी निर्णायकको भूमिकामा देखिएका थिए।

तर उनीमाथि यौन दुव्यवहारको आरोप लागेपछि शो छोड्नु परेको छ। चारजनाभन्दा धेरै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि उनलाई शोबाट निकालिएको जनाइएको छ। न्यूज एजेन्सी एएनआईको खबर अनुसार शो मा अनु मलिकको सट्टामा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने योजना भईरहेको छ।

कसकसले लगाए अनुमाथि आरोप

अनु मलिकलाई गायिका सोना महापात्रा र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। यी बाहेक अरु दुई महिलाले पनि अनु मलिकलाई दुर्व्यवहारको आरोप लगाएका छन्।

गायिका सोना महापात्राले अनुको नाम लिएकी थिइन्। गायक कैलाश खेरलाई यौन दुर्व्यवहारको आरोप लाग्नासाथ सोनाले पनि आरोप लगाएकी हुन्।

सोनाले लेखेकी छन् कि ‘कैलाश खेर जस्तै अरु पनि इन्डस्ट्रीमा छन्। जस्तो अनु मलिक।’ यसको जवाफमा जब अनु मलिकले सोनासँग मेरो भेट नै भएको छैन भन्ने जानकारी दिए तब सोनाले फेरि लेखिन्, ‘कस्तो कुरा गर्दै हुनुहुन्छ अनु मलिक, के तपाईले मलाई राति भेट्न बोलाउनुभएको थिएन?’

अनुको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले अनुलाई शो छोड्न भनेका थिए। अब उनी शो को बाँकि एपिसोड गर्ने छैनन्। अनुलाई मिटिङ्गमा बोलाएर नै शो छोड्न भनिएको थियो।

गीतकार समिरले गरे अनुको सपोर्ट

गीतकार समिरको अनुसार त्यो समय उनी अनु र स्वेतासँगै थिए। समिरले स्वेताको आरोप झूटो भएको र अनुले स्वेतालाई छोरी भनेर बोलाउने गरेको पनि बताए। ‘स्वेता पण्डितको पोस्ट पढेपछि म यो लेख्दै छुँ, किनभने सन् २००१ मा भएको घटनाको समयमा म पनि स्टुडियोमा थिए।’

मलाई राम्ररी थाहा छ की स्वेता आफ्नो आमासँग आएकी थिइन्। त्यो बेलामा अनुले स्वेतालाई भनेका थिए, ‘छोरी यदि तिमी कही गीत सुनाउन चाहन्छौँ भने सुनाउँ।’ गीत सुनेपछि अनुले आवज राम्रो भएको प्रतिक्रिया दिएका थिए। साथै उनले भनेका थिए, ‘भविष्यमा कुनै प्रोजेक्ट आयो भने म पक्कै काम गर्छु।’

अनु मलिकको पक्ष र विपक्षमा मानिसहरु बाँडिए पनि उनलाई मिटुको प्रभाव परेको छ।

कात्तिक ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्