
धेरै महिना अगाडिदेखिको अड्कलबाजीपछि अभिनेता रणवीर सिंह र दीपिका पादूकोणले आफ्नो विवाहको घोषणा गरेका छन्। ट्वीटरबाट आइतबार विवाह गर्ने खबर सार्वजनिक गरेका यी जोडिले विवाहको मिति पनि सार्वजनिक गरेका छन्।
रणविर दीपिका दुवैले हिन्दी र अंग्रेजीमा लेखिएको निमण्त्रणा सन्देश ट्वीटरबाट सार्वजनिक गरेका हुन्।
— Ranveer Singh (@RanveerOfficial) October 21, 2018
‘हामीलाई यो कुरा भन्न धेरै खुसी लागेको छ की हाम्रो परिवारको आशिर्वादले हाम्रो विवाह १४ र १५ नोभेम्बर, सन् २०१८ मा हुँदैछ।
यतिका वर्षसम्म तपाईहरुले हामीलाई जसरी माया र स्नेह दिनुभयो त्यसको लागि हामी आभारी छौँ, हाम्रो शुरु हुन लागेको प्रेम, मित्रता र विश्वासको यो शुभ यात्राको लागि हामी तपाईकोे आशिर्वादको कामना गर्द छौँ।
धेरै धेरै माया
दीपिका र रणवीर
भनिन्छ दीपिका र रणवीरले एक अर्कालाई मनपराउन थालेको ‘गोलियो की रासलिला– रामलिला’ को छायंकनबादेखि हो। उनीहरुले आफ्नो प्रेम सम्बन्धको बारेमा तीन वर्षसम्म मुख खोलेनन्। तर पछिल्लो केही महिनाबाट सामाजिक सञ्जालमा एक अर्काप्रतिको स्नेह भने प्रस्तुत गर्न थालेका थिए।
उनीहरु इटलीमा सँगै भेटिएपछि उनीहरुको विवाह हुन लागेको हल्ला चलेको थियो। त्यतिबेला उनीहरु विवाह गर्ने ठाउँ हेर्न गएको अनुमान लगाइएको थियो। त्यसलगत्तै हिन्दुस्तान टाइम्ससँगको एक अन्तवार्तामा रणवीरले भनेका थिए, ‘हामी निश्चित भएपछि विवाहको कहिले हुन्छ भन्ने कुरा सार्वजनिक गर्नेछौँ।’
सँगै दिपिकाले रणवीरको फस्ट इम्प्रेशनको बारेमा भनेकी थिइन्, ‘मैले रणवीरको चलचित्र ‘व्याण्ड बाजा बारात’ हेर्दा उनी एजेन्ट जस्तो लागेको थियो। चलचित्र क्षेत्रमा केही गर्छ भन्ने लागेको थियो तर म पक्का थिइन्।’
— Deepika Padukone (@deepikapadukone) October 21, 2018
पहिला दीपिकालाई रणविर आफ्नो पाराको छैन जस्तो लाग्थ्यो। तर कुराकानी गर्दै जाँदा मन साँटिएको थाहै भएन।