हप्तादिनमा ४१९ जनामाथि मापसे कारवाही

फाइल तस्बिर

विराटनगर – प्रदेश नम्बर एकमा बडा दसैँको एकसातामा ४ सय १९ जना मादक पदार्थ सेवनको कारवाहीमा परेका छन्।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, मापसे कारवाहीबाट असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्ममा ४ लाख १९ हजार रुपैया राजस्व संकलन भएको छ। यसैगरी मोरङमा २ सय ६३ जना मादकपदार्थ सेवनकर्ता कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेकाबाट २ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पक्राउ परेकालाई विभिन्न ८० वटा प्रश्नसहितको परिक्षामा समेल गराएर पास हुनेलाई जरिवानासहित छोड्दै गएको कार्यालयले जनाएको छ। यसबिच आइतबार मापसे कारवाही मा सर्वाधिक ५५ जना परेको बताइएको छ।

त्यसैगरी प्रदेशको १४ जिल्लामा यसबिच सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ। जसमा मोरङमा ५, झापामा २, उदयपुरमा २ र पा“चथरमा एक जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक कार्यालयले जनाएको छ। यस क्रममा ४७ जना घाइते भएका छन्।

कार्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू