दीपिका–रणविरको विवाहको खबरमा प्रियंकाको यस्तो प्रतिक्रिया

आइतबार बलिउडमा धेरै ठूला कुराहरु भए जसले मिडियामा हेडलाइन बनायो। यीनीहरुमध्येको सबैभन्दा ठूलो समाचार हो, अभिनेता र अभिनेत्री रणविर–दीपिकाले विवाह मिति घोषणा गर्नु। यो खबर सार्वजनिक भएसँगै धेरैले यो जोडिलाई शुभकामना दिएका छन्। यो मायालु जोडिलाई बधाई दिन अभिनेत्री प्रियंका पनि छुटिनन्, शुभकामना दिन थोरै ढिला भयो, उनी अहिले संयुक्त राज्य अमेरिकामा छिन् तर उनले दुवैलाई विवाहको लागि शुभकामना दिइन्।
इन्स्टाग्राममा रणविरको पोस्टमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘बधाई छ, तिमी हिरो बन्यौ रन्नो’ प्रियंकाले रणविर सिंहलाई रन्नो भन्छिन्। उनी टाढा भएपनि उनले आफ्नो साथी भाईसँगको नातालाई जोडि नै राखेकी छन्।
अमेरिकामा बसेपछि उनले आफ्नो ‘देशीपन’ लाई भुलेकी छैनन्। दीपिकाको पोस्टमा उनले ‘वुट वुट, पिया की आएगी बारात’ लेखेकी छन्।’ यसमा उनले मुटुको इमोजी पनि राखेकी छन्।
आइतबार रणविर र दीपिकाले इन्स्टाग्राम र ट्वीटरबाट विवाहको सन्देश सहितको निमन्त्रणा पत्र सार्वजनिक गरेका थिए। जसमा हिन्दी र अंग्रेजी दुवैमा लेखिएको थियो। यो मायालु जोडिको विवाह नोभेम्बरको १४ र १५ तारिखमा हुँदै छ। उनीहरुले विवाह कहाँ हुने भन्ने ठाउँ खुलाएका छैनन्।
View this post on Instagram
दीपिकाको जस्तै समय अहिले प्रियंकाको पनि छ। प्रियंका आफ्नो विवाहको तयारीमा छिन्। उनको विवाह नोभेम्बरको ३१ मा देखि डिसेम्बर २ सम्म हुने बताइएको छ। उनको विवाह जोधपुरको उमिद भवनमा हुने बताइएको छ। ब्राइडल सावर भने न्यूयोर्कमा गरिने छ। त्यहाँ निक जोनसका परिवार र आफन्त, साथीभाई उपस्थित हुनेछन्।