माइक्रोबसको ठक्करबाट मृत्यु

सा‌ङ्केतिक तस्बिर

राजविराज– सप्तरीमा माइक्रोबसको ठक्करबाट एकजनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसले ठक्कर दिँदा पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको हो।

विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडक किनारमा हिँडिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

घटनापछि स्थानीयवासी र पीडितले पूर्वपश्चिमराजमार्गमा केही घण्टा चक्का जाम गरेका थिए । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिने शर्तमा यातायात पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कात्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्