कबड्डी सिक्दै गरेकी कंगना ‘पंगा’ को लागि तौल बढाउँदै

कंगना रनावत अश्विनी एइयर तिवारीको चलचित्र ‘पंगा’ को लागि तौल बढाउँदैछिन्। यो चलचित्रको लागि ६ देखि ७ किलो तौल बढाउने तयारी उनको रहेको छ। अभिनेत्रीलाई कबड्डीको पनि तालिम दिइरहेको छ।
कंगनाले आउँदै गरेको चलचित्र ‘मणिकर्णिका– द क्वीन अफ झाँसी’ को सुटिङ्ग सक्काइसकेकी छन्। यो चलचित्र लडाकुँ रानी लक्ष्मीबाईको कथा हो। अभिनेत्री आफ्नो अर्को चलचित्र पंगामा ध्यान दिइरहेकी छन्।
आश्विनी एइयर तिवारीले निर्देशन गर्न लागको चलचित्र ‘पंगा’ मा उनी कबड्डी खेलाडिको भूमिकामा देखिदैछन्। यो चलचित्रको पात्रमा उपयुक्त देखिन कंगना कबड्डीको ट्रिक सिक्दैमात्र होइन्, आफ्नो तौल पनि बढाउँदैछिन्। उनले शारिरीक रुपान्तरणमा पनि ध्यान दिएकी छन्।
Kangana, team #Panga and Fatima Sana Shaikh celebrating Ashwini Iyer Tiwari’s birthday yesterday pic.twitter.com/m9RXDaGjNO
— Kangana Ranaut Daily (@KanganaDaily) October 16, 2018
६ देखि ७ किलो तौल बढाउनु पर्ने कंगनाको केही केजी तौल भने बढिसकेको छ। स्रोतका अनुसार ‘कंगना अहिले न्यूयोर्कमा छिन्। उनको छुट्टी सकिनेबित्तिकै कबड्डीको तालिम शुरु हुनेछ। यो तालिम शुरु गर्नुपूर्वनै उनको तौल तोकेको जति बढिसकेको हुनुपर्नेछ। उनी अहिले हाई क्यालोरी डायटमा छिन्। आउँदो महिनासम्ममा निश्चित तौल पु¥याउने उनको योजना छ।