ट्याक्टर स्कुटीमा ठोक्किदाँ एकको मृत्यु, एक जना गम्भीर

सा‌ङ्केतिक तस्बिर

जनकपुरधाम – जनकपुरमा ट्याक्टरको ठोक्करले एकजनाको मृत्यु भएको छ । घटनामा एक जना घाईते भएका छन्।

सोमबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका नायकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत उत्तर तर्फबाट जनकपुर आउँदै गरेको ज २ त ११३ नम्बरको ट्याक्टरले ज ९ प ६१३३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा जनकपुर १० का ३० वर्षीय सन्दिप नायकको मृत्यु भएको छ ।

यस्तै, स्कुटी चालक राकेश साह गम्भीर घाईते भएको र उनको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्