रुसले सन् २०१७ मा परीक्षण गरेको इजकान्दर एम मिसाइल
आइएनएफ सन्धि : अमेरिकाले परमाणु क्षमत बिस्तार गर्ने

रुस र चीनलाई ट्रम्पको ठाडो चेतावनी

अमेरिकाले परमाणु क्षमता बिस्तार गर्ने चेतावनी दिएको छ । रुस तथा चीनमाथि दबाब बढाउनका लागि आफ्नो देशको परमाणु क्षमता बिस्तार गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।

पत्रकारसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले सन् १९८७ मा भएको मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि रुसले उल्लंघन गरेको दोहोयार्ए ।  रुसले सबै आरोप अस्वीकार गर्दै आएको छ ।

ट्रम्पले यसअघि नै रुसले उल्लंघन गरेकाले अमेरिका शीत युद्ध अन्त्यका लागि महत्वपूर्ण ठानिएको यो सन्धिबाट बाहिरिने बताइसकेका छन् ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

ट्रम्पको घोषणापछि पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका थिए ।

ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।

रुसले यो निर्णयको आलोचना गर्दै अमेरिकाले परमाणु हतियार विकास गरेमा त्यसको प्रतिकार गर्ने बताएको छ । ट्रम्पले भने रुस र चीनलाई लक्षित गर्दै भने, ‘अमेरिकाले मानिसहरुको चेत नखुलुन्जेल परमाणु क्षमता बिस्तार गर्नेछ ।’

उनले अघि भने, ‘यो चेतावनी हो र यसमा तपाईँ जसलाई चाहे जोड्न सक्नुहुन्छ चीन र रुस तथा जसले गेम खेल्न चाहन्छन् तिनीहरु पनि…रुसले त्यो सन्धिको पालना गरेकै छैन ।’

यहिबिचमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले रुस भ्रमणको बारेमा यसबारे कुरा गर्दैछन् । बोल्टनले सन्धिबाट बाहिरिने निर्णय गम्भीर झड्का रहेको बताएका छन् । रुसको सुरक्षा परिषदका सचिव निकोलाई पाट्रुशेभले आफ्नो देश सन्धिमा रहेको गुनासाहरु दूर गर्न तयार रहेको जनाएका छन् ।

यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।

कार्तिक ६, २०७५ मा प्रकाशित