नेकपाका प्रवक्ता श्रेष्ठ फेरि चीनतर्फ

काठमाडौँ – केन्द्रीय सचिवालय बैठक सकिएकै भोलिपल्ट (मंगलबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

पाँच दिनको भ्रमणमा उनले चीन र कम्बोडियाका कार्यक्रममा सहभागिता जनाउने छन् । श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिने छन् ।

गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा सामेल हुनेछन् ।

उक्त अवसरमा उनले त्यहाँका वौद्धिक समुदायसँग अन्तरक्रिया गर्ने छन् र १२ गतेको स्थायी कमिटि बैठकमा भाग लिने गरी स्वदेश फर्कने छन् ।

कार्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू