फाइल तस्बिर

काठमाडौँ – बिजुलीबाट चार्ज हुने ब्याट्रिको सहायतामा चल्ने सार्वजनिक बसको औपचारिक सुरुवात मंगलबार हुँदैछ ।

लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा खरिद गरेकाे ‘बिजुली बस’ साझा यातायातले परिक्षणका लागि सञ्चालनमा ल्याउन लागेको हो ।

लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा नआउने बेलासम्म कोषसँगको सहकार्यमा साझा यातायातले यी बस चलाउने   छ।

पाँचवटा बिजुली बसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् ।

अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ ।

वातावरणमैत्री बसको उद्घाटन गरी प्रधानमन्त्री ओली त्यसमा चढेर यात्रा गर्ने तयारी रहेको छ । उद्घाटन कार्यक्रम साझा यातायात पुल्चोकमा हुँदैछ ।

कात्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्