‘घाम लागे धुलै-धुलो, पानी परे हिलै-हिलो’

धनगढी- सुदूरपश्चिम प्रदेशको विकाश र समृद्धिसँग जोडिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्यमा ढिलाई भएको छ। ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको छ।
०७६ जेठमा सक्नुपर्ने आयोजनाको हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने देखिएको आयोजनाले जनाएको छ। निर्माण कार्यमा ढिलाई हुदा सर्वसाधारणलाई हिडडुल गर्न सास्ती भएको छ। ६ लेन सडकसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट्टै भएको छ।
६ लेनको सडक निर्माण सुरु भएपछि व्यापार व्यावसाय चौपट भएको बताउने व्यवसायीले व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्नसमेत समस्या भएको बताएका छन्। ‘६ लेन सडक निर्माणपछि व्यापास चौपट भयो । ग्राहक छैनन, धुरै धुलो हुन्छ पसलमा ।’ धनगढी राजपुरस्थित ६ लेन सडक छेउमा व्यापार गर्दै आएका हर्क जप्रेलले गुनासो गरे।
धनगढी चटकपुरमा अर्का व्यापारी रमेश केसीले भने, ‘घाम लाग्यो भने धुलै धुलो हुन्छ। सामान्य पानीमा हिलै-हिलो हुन्छ। कसरी व्यापार गर्नु ? विहान पसलमा राखेको सामान साझँ पुरानो भई हाल्छ।’
सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासिन्दाले एक वर्षदेखि धुलो र हिलो खेप्नुपरेको परेको छ।
प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकललगायत दैनिक सयौँ सवारीसाधन गुड्छ्न्। बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल ओहोरदोहोर गर्छन्।
गेटाका राम बहादुर चौधरीले निर्माण कार्यमा ढिलाई हुदा घाम लागेमा धुलै धुलो र सामान्य पानी परे पनि हिलै हिलो हुने गरेको बताए। ‘कहिले हिलो त कहिले धुलोले हिडनै सकिन्न । निर्माण कार्यमा भएको ढिलाईले साह्रै समस्या भएको छ ।’ चौधरीले भने, ‘चाडो सडक निर्माण कार्य सकिएको भए सुविधा हुन्थ्यो ।’
अत्तरीयाका लागि लाल बहादुर खडकाले सडक निर्माणमा तिव्रता दिन आग्रह गरे। ‘ठेकेदारको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भईरहेको छ । सरोकारवालाले पनि ठेकेदारलाई चाडो निर्माणका लागि दवाव दिनुपर्यो, निर्देशन दिनुपर्यो ।’ उनले भने।
धनगढी–काठमाडौ चल्ने बसका चालक रविन्द्र शाहले निर्माणाधि मोहनापुल–अत्तरीया सडकमा गाडी चलाउन निकै समस्यम हुने गरेको बताए। ‘गाडीको जाम हुन्छ । कुन ठाउ खाल्डो छ । ढुङगा छन भन्ने थाहा नै हुदैछ ।’ उनले भने, ‘सडक निर्माण कार्य चाडो सम्पन्न भएर छ लेन सडकमा निर्धक्क भएर गाडी चलाउने रहर छ।’
६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको मोहनापुल–अत्तरीया छ लेन सडक आयोजनाले जनाएको छ। ०७६ जेठमा सक्नुपर्ने आयोजनाको हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने देखिएको आयोजना प्रमुअ मनिष कुमाश शाहले बताए। सडक क्षेत्र समयमै खाली गराउन नसक्नु नै सडक निर्माण ढिलाई मुख्य कारणको रुपमा लिईएको छ।
यसअघि केही घर धनीले मुआब्जा पाउनुपर्ने भन्दै मुद्धा दायर गरेपछि सडक निर्माणको कार्य रोकिएको थियो। खानेपाली, विजुलीका लाईन सोर्ने कार्यमा ढिलाई भएका कारण समस्या भएको हो।
सडक क्षेत्रमा परेका कतिपय घर अहिलेसम्म भत्काईएका छैनन्। १ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भइरहेको छ। धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ ३२. २ मिटर रहनेछ।