‘दुई महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स छाप्‍ने विभागको दाबी

मेसिन बिग्रिएपछि मंगलबार १० हजार मात्र स्मार्ट लाइसेन्स छापियो

काठमाडौँ-स्मार्ट सवारी चलाक अनुमती पत्र (लाइसेन्स) वितरणमा ढिलाई भएको गुनासो भइहरेका बेला यातायात व्यवस्था विभागले दुई महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स वितरण गरि सक्ने दावी गरेको छ।

विभागका महानिर्देशक लावण्य कुमार ढकालले प्रिन्टर बिग्रिएपछि समयमै लाइसेन्स प्रिन्ट गर्न नसकिएको तर अब ‘आउट सोर्स’बाट प्रिन्ट गरेर भए पनि निर्धारित समयमै लाइसेन्स वितरण गर्ने बताए। उनले भने, ‘ विभागले दुई महिनाभित्र ६ लाख स्मार्ट लाइसेन्स वितरण गरि सक्ने उद्देश्‍य लिएको छ। तर प्रिन्टर बिग्रिएपछि समयमै लाइसेन्स प्रिन्ट गर्न सकिएको छ।’

ढकालका अनुसार विभागले मंगलबार १० हजार स्मार्ट लाइसेन्स छापेको छ। विभागले मेसिनमा समस्या आएपछि छाप्न बाँकी लाइसेन्सको आउट सोर्समार्फत ‘ब्याकलक’ हटाउने निर्णय गरेको थियो।

लाइसेन्स छाप्ने जिम्मेवारी मालिका इन्कर्पोरेटलाई दिइएको छ।  यसअघि मन्त्रिपरिषद्‌ बैठकले स्मार्ट लाइसेन्सको ‘ब्याकलग’ हटाउन मालिका इन्कर्पोरेट प्रालिलाई स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने अनुमति दिएको थियो।

कार्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू