पत्रकार जमाल खाशोग्गी मृत्यु प्रकरण

खाशोग्गीको हत्‍या योजनाबद्ध रुपमा- टर्की राष्ट्रपति अर्दोआन

काठमाडौं-टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गीको हत्‍या योजनाबद्ध रुपमा भइएको बताएका छन्।

मंगलबार संसदलाई सम्बोधन गर्दै राष्ट्रपति अर्दोआनले भनेका छन्, ‘ खाशोग्गीको हत्‍या पूर्वनियोजित रुपमा गरिएको छ। टर्कीले यसको सबै प्रमाण जुटाइसकेको छ।’ उनले पत्रकार खाशोग्गीको हत्‍या बारेको सत्‍यतथ्‍य संसारभर ल्‍याउने दाबी गरे।

यसका साथै उनले खाशोग्गीको हत्‍या बारेको सत्‍यतथ्‍य बाहिर ल्‍याउनुका साथै खाशोग्गीको शव खोजबिन गर्न साउदी अरबसँग मागरे गरे।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी अरेबियाका शासकको कडा आलोचना गरी लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता थिए ।

उनको हत्या भएको आरोप लागे पनि अस्वीकार गर्दै आएको साउदी अरेबियाले गएको शुक्रबार अबेर उनको मृत्यु भएको बताएको थियो र आइतबार अबेर अर्को बयानमा उनको हत्या भएको स्वीकार गरेको थियो।

कात्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्