पार्टी एकतामा कुनै व्यवधान छैनः नेता नेपाल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टी एकतालाई पूर्णता दिने प्रकृयामा कुनै  व्यवधान नभएको दावी गरेका छन्।

दुई दिने केन्द्रीय सचिवालय बैठकमा आफ्ना असन्तुष्टी पत्रबारे कुनै निर्णय नभए पनि त्यसको भोलीपल्ट मंगलबार नेता नेपालले कम्युनिष्ट पार्टीलाई बलियो बनाउदै देश विकासमा प्रतिबद्ध रहेको बताएका छन्।

दाङको घोराहीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले दुई तिहाइको कम्युनिष्ट सरकारसँग काम गर्ने अवसर रहेको भन्दै दीर्घकालिन सोचका साथ काम गर्ने जिम्मेवारी आएको बताए ।

नेता नेपालले अव कामको प्राथमिकिकरण गरेर मात्रै अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रतिपक्षको आलोचनालाई सकारात्मकरुपमा लिदै काम गरेर देखाउने मौका सम्झिनुपर्ने   बताए ।

पूर्व प्रधानमन्त्री नेपालले भ्रष्टाचारलाई नियन्त्रण गर्न सके मात्रै देश समृद्धितर्फ अघि बढ्ने बताए ।

‘देश विकास गर्न छ भने भ्रष्ट्राचारीलाई तह लगाउनै पर्छ’, नेता नेपालले भने–‘देश समृद्धिको बाटोमा अघि बढाउन भ्रष्ट्राचार रोक्नै पर्छ ।’

कात्तिक ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्