आयो ठग्स अफ हिन्दुस्तानको गीत सुरैयाको टिजर

बहुप्रतिक्षीत बलिउड चलचित्र ठग्स अफ हिन्दुस्तानको गीत सुरैयाको टिजर सार्वजनिक भएको छ । आमिर खान, कट्रिना केफ तथा अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्रको गीत सुरैयाको टिजर युट्युब मार्फत सार्वजनिक भएको हो ।

अजय–अतुलको संगीत रहेको गीतमा विशाल धदलानी र श्रेया घोसालको स्वर रहेको छ । गीतमा कट्रिना र आमिरको अभिनय रहेको छ । पूर्ण गीत चाँडै सार्वजनिक हुने जनाइएको छ ।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्