ब्रिटिस काउन्सिलको कार्यालयमा वृतचित्रहरु प्रदर्शन गरिने

काठमाडौँ- काठमाडौँ फ्लार: लण्डन फिल्म एलजिबिटी फिल्म फेस्टिभलका छोटा चलचित्र तथा वृतचित्रहरु प्रदर्शन गरिने भएको छ।

फोटो काठमाडौँ र ब्रिटिस काउन्सिलसँगको सहकार्यमा ब्लु डाइमण्ड सोसाइटीले ब्रिटिस फिल्म इन्स्टिच्युडबाट निर्माण भएका लिंग, पृतिसत्त, शक्ति, लैंगिकता र पहिचानसँग सम्बन्धित चलचित्रहरु प्रदर्शन गरिने छन्। उनीहरुलाई फेडेरेन अफ सेक्सुअल एण्ड जेन्डर माइनोरिटीज नेपाल( एफएसजीएमएन) सहयोग गरेका छन्।

 

 

आउँदो नोभेम्बर ४ मा ब्रिटिस काउन्सिलको कार्यालय लैनचौरमा बेलुका साढे पाँच बजेपछि चलचित्रहरु देखाइने छ। ९ वटा छोटा चलचित्रहरु प्रदर्शन हुनेछन्।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्