घरमा एक्लै दुई वर्षकी बालिकाको रहस्यमय कहानी

विनोद कापडी, निर्देशक रहेको चलचित्र पीहू को ट्रेलर रिलीज भएको छ । यो दुई वर्षकी एक बालिकाको कहानी हो । चलचित्र १६ नोभेम्बरमा रिलीज हुनेछ ।

चलचित्रको ट्रेलरमा भनिएको छ कि एक दुई वर्षकी बालिका घरमा एक्लै हुन्छीन्, र अकस्मात फ्रिजमा बन्द हुन्छीन् ।

उनी आफ्नो मृत आमालाई उठाउने प्रयास प्रयास गर्छिन् । घरमा एक्लै रहेकी बालिका कहिले किचनमा गएर ग्यास चलाउछिन् त कहिले माइक्रोवेव अन गरेर रोटी जलाउछिन् ।

ट्रेलरलाई हेरेर भन्न सकिन्छ कि यो सस्पेन्सले भरिएको एक बालीकाको मनछुने कहानी हो ।

यो चलचित्र एक सत्य घटनामा आधारीत भएर तयार पारिएको हो ।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्