पर्दाको ‘लाल इश्क’ अब वास्तविक जीवनमा उतार्दै दीपिका-रणवीर

दीपिका पादूकोण र रणवीर सिंहको कहानी- कसरी चढ्‍यो प्रेमको रङ्ग ?

छाटिएको गर्धनमा सानो कोठी, घाटीको पछाडि पट्टि एउटा ट्याटु छ, जसमा लेखिएको छ, आर. के। ‘आँखामा अनौठो सुन्दरता भएकी एक सुन्दरी चलचित्रमा एउटा गीत गाउँदै गरेको देखिइन्। ‘खुदा जाने के मे फिदा हुँ।’

सन् २००७ मा पहिलोपटक पर्दामा एक चिम्टी सिन्दूरको मूल्य रमेश बाबुलाई सोध्‍ने युवती ११ वर्षपछि एक चुट्की सिन्दूरतर्फ बढेकी छन्। आरके नामको ट्याटू कतै छुटिसकेको छ र आर एस अर्थात् रणवीर सिंह नामको युवक अब व्याण्ड बाजासहित जन्ती (बारात) लिएर त्यही युवती दीपिकाको घर जाने तयारी गरिरहेको छ।

मिति तोकियो, १४–१५ नोभेम्बर, यो त्यो मिति हो जब पर्दामा दीपिका र रणवीर एक साथ पर्दामा देखा परेका थिए, चलचित्र रामलिलामा। ठीक पाँच वर्षपछि यी दुई १४- १५ नोभेम्बरमा विवाहको बन्धनमा बाँधिने छन्। हैन, जोडिन्छन्, बाँधिए भने त्यो प्रेम कसरी हुन सक्छ?

यी दुई स्टार पहिलो पटक जब एक अर्कासँग क्यामराको अगाडि गएका थिए, तब राम लिला चलचित्रको गीत ‘लहू मु लग गया’ को सुटिङ्ग भइरहेको थियो। त्यतिबेला सायद दुवै बेखबर थिए की पर्दामा देखाइएको मायाको रंगले वास्तविक जीवनलाई पनि रङ्गाइदिन्छ, ‘लाल इश्क’ जस्तै गरेर।

यो त्यही रणवीर दीपिकाको प्रेम कहानी हो, जसले फरक फरक मौकामा एकले अर्काको बारेमा व्याख्या गरेका थिए। कुनै अभिनेत्रीको माया टुट्यो भने, पत्रपत्रिकाको मनोरञ्जन पेजमा अपडेट हुन्छ।

कम उमेरका युवकहरुको लागि सायद दीपिकाको पहिलो स्मृति उनको ब्रेकअपसँग जोडिन्छ। तर उदासीको रोगबाट बाहिर निस्कने बेलामा दीपिका डिप्रेशनको पनि सिकार भएकी थिइन्। तर दिपिकाले आफूलाई भएको डिप्रेशनको लागि ब्रेकअपलाई कहिले पनि जिम्मेवार बताइनन्।

दिपिकाले खुलेर यस बारेमा भनेकी थिइन्, ‘१५ फ्रेब्रुअरी सन् २०१४ को एक बिहान म उठेँ, आफैमा खालिपन महशुस भयो। लाग्यो की मेरो अगाडि कुनै पनि दिशा छैनन्। म रुन थाले, मलाई भनियो की म यस्तै छुँ, कारण व्यक्तिगत थियो अथवा प्रोफेशनल?’

यो त्यही समय थियो, जब रणवीर र दीपिका पर्दामा र पर्दा पछाडि पनि एक अर्काको नजिक आएका थिए। पछि रणवीरले दीपिकाले डिप्रेशनको बारेमा खुलेर कुरा गरेकोमा प्रशंसा पनि गरेका थिए।

रणवीरले भेनका थिए, ‘मैले दीपिकालाई पहिलोपल्ट जब डिप्रेशनको बारेमा टेलिभिजनमा कुरा गर्दै गरेको सुनेँ, मेरो आँखामा आँशु थियो। यस्तो गर्नको लागि धेरै हिम्मत हुनुपर्छ। दीपिकाले मलाई जीवन भरको लागि जितेकी थिइन्।’

रणवीर शुरुवाति दिनबाट नै नाम नलिइकन नै, बानी जसरी आफ्नो प्रेमको घोषणा गर्दै आएका छन्। तर दीपिकाको नाम नलिएरै। तर यस्ता धेरै अन्तवार्ता छन्, जसलाई हेरेर एउटा बच्चाले पनि भन्न सक्थिन की रणवीर अंकल कुन ‘प्रेम दीप’ को बारेमा कुरा गरिरहेका छन्।

कलाकारलाई मिडियाको रिपोर्ट त्यत्ति चित्त बुझ्दैन, दीपिका र रणवीरले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वातामा दुईको प्रेमको बारेमा लेखिएको खबरमा भनेका थिए की ‘कस्तो सिर्जनशील लेखन रहेछ, पढेर आनन्द आउने भयो।’

तर कतिपय मौकामा रणवीरलाई सोधिएको एउटा प्रश्न जसमा ‘दीपिका रणवीर कपूरसँग राम्रो देखिन्छिन् कि रणवीर सिंहसँग ?’ मा रणवीर झण्डै चिच्याएर नै भन्थे, ‘सोध्नै पर्दैन नि, मसँग राम्रो देखिन्छन्।’

६ जुलाई रणवीर सिंहको जन्मदिन थियो। त्यो दिन उनी मुम्बईको एक रेष्टुरेन्टमा खाना खाँदै थिए। दीपिका पनि त्यहि रेष्टुरेन्टमा पुगेकी थिइन्। दुवैको आँखा जुध्यो। दीपिकाले परिवार सहित रणवीरलाई मुम्बई देखेपछि सोधिन्, ‘तिमी मुम्बईमा सिफ्ट भएका हौ?’

रणवीर कपूरले अभिनय गरेको चलचित्र ‘ब्याण्ड बाजा बारात’ ले रणवीरलाई यसरी स्थापित गरेको थियो कि चलचित्रका बिट्टु शर्मा पात्रले ‘बम्बई ब्वाई’ रणवीरलाई दिल्लीको केटा बनाइदियो, दीपिका पनि झुक्किइन्।

दीपिकासँग रणवीरको पहिलो इम्प्रेशनको स्मरण पनि छ, ‘यो केटा मेरो टाइपको छैन’ उनलाई चलचित्रका एक एजेन्टले भनेका थिए, ‘यो केटा भोलिपर्सि ठूलो स्टार बन्नेछ’ उनीलाई पत्यार पनि लागेको थिएन।

रणवीर अलि ठूलो स्वरले बोल्छन् भन्‍ने कुरालाई पनि दीपिकाले काटेकी छन्, ‘मलाई यो लाग्दैन, किनभने रणवीर आफू नभएको जस्तो बन्‍ने कोसिस गर्दैनन्। उनी जस्तो देखिन्छन्, त्यस्तै नै छन्।

रणवीरले उनीसँगको पहिलो भेटघाट सम्झन्छन्, ‘मेरो जन्मदिन थियो, म परिवारसँग रेष्टुरेन्टमा थिए। त्यो दिन दीपिकाले गज्जबको गाउन लगाएकी थिइन्। मैले सानो आवाजमा परिवारलाई फुसफुसाएर भनेको थिए, ‘दीपिका दीपिका’ मेरो परिवारले उसलाई हाई भन भनेका थिए, मैले त्यतिबेला के खाएको थिए, मलाई एलर्जी भएको थियो। पहिलो इम्प्रेशन राम्रो बनाउने इच्छा थियो तर मेरो अवस्थाले मलाई साथ दिइरहेको थिएन। तर हामी भेट्यौ।’

त्यो साँझ जन्मदिनमा रणवीरले जीवनको सबैभन्दा उत्कृष्ट उपहार पाए। रणवीरलाई लागेको थियो, ‘मान्छे यति सुन्दर कसरी हुन सक्छ?’ यस्तो भन्दै गर्दा दीपिका ब्लस गर्दै थिइन्।

सन् २०१३ मा रणवीरको स्वास्थ्यमा समस्या आयो। तर त्यही वर्ष उनको एक अन्तवार्ताले खुबै चर्चा पायो। ‘मायामा हुन मलाई राम्रो लाग्छ, यो संसारको सबैभन्दा सुन्दर चीज हो। यो मलाई अहिलेसम्म अनुभूति भएको छैन। एउटा एकदमै सुन्दर र प्यारी युवती छन् । मेरो जीवनमा धेरैसँग नजर जुध्यो, माया बस्यो। तर ऊ जस्ती कोही छैन।’

पछि फेरि रणवीरले भनेँ, ‘हाम्रो दीपिका जीलाई हेर्नुहोस्, कति राम्रो शरीर छ। उनी जब स्क्रिनमा आउँछिन् केही पनि देख्दिन म, म आफ्नो ध्यान अन्त मोड्न चाहन्छु तर दीपिकालाई देखेपछि हेरेको हेर्‍यै हुन्छु।’ उनले पाँच वर्ष अगाडि नै आफ्नो मायाको बयान गर्न खोजेका थिए तर अहिले त्यो साबित भएको छ।

दही नखाने बाहेक अरु बानीलाई हेर्ने हो भने, दीपिका र रणवीरको रोजाई खानपीन एक अर्कासँग एकदमै फरक छ। पद्मावतको विवादमा दीपिकाको नाक काट्ने धम्कीको खबर आएको बेलामा रणवीरले ‘म पीडामा छुँ’ भन्‍ने प्रतिक्रिया दिएका थिए। र उनले भनेका थिए म यस्ता प्रतिक्रियालाई बन्द गर्न र बदल्न चाहन्छु।

नराम्रो कुरा र बानीलाई स्वीकार नगर्न चाहने उनको प्रतिक्रिया थियो। एउटा अन्तवार्तामा दीपिकालाई रणवीरको कुन बानी बदल्न चाहन्छौ भन्दा, ‘उनले सुत्‍ने र खाने बानी’ भनेकी थिइन्। तर रणवीरले भनेका थिए, ‘म उनको कुनै पनि बानी बदल्न चाहन्न।’

सन् २०१५ मा आजतकमा दिएको अन्तवार्तामा रणवीरले दीपिकाको बानीको प्रशंसा गरेका थिए, ‘दीपिका राम्रो गाउँछिन् तर अलि लाज मान्छिन्।’ दीपिकाको तारिफ गर्न कहिले पछि नपर्ने रणवीरको यो अभिव्यक्ति पछि उनले गीत गुनगुनाइन्।

‘केहेते हे ये दिवानी मस्तानी हो गई, मशहूर मेरी इश्क की कहानी हो गई’

अनुपम चोपडाको एक कार्यक्रममा रणवीरसँग दीपिकाले आफ्नो केमेस्ट्रीको बारेमा धेरै राम्रो भएको प्रतिक्रिया दिएकी थिइन्। यस्तै रणवीरले पनि सुटिङको सेटमा नै उनलाई दीपिकासँग केही राम्रो सम्बन्ध बस्ने खालको अनुभूति भएको बताएका थिए। दीपिकालाई देखेर म आफैलाई बिर्सन्थे।’

यदि तपाई रणवीर सिंहलाई हेर्ने हो भनेँ, उनी स्कूलका केटा जस्ता छन्, जो कुनै केटीलाई धेरै माया गर्छन्। चाहे इन्स्टाग्राममा राखेको तस्बिरमा गरेको कमेन्ट होस् अथवा अवार्ड कार्यक्रममा घुँडा टेकेर माया पोख्न, रणवीर ‘मे हुँ ना’ पोज गर्न कही पनि पछि परेनन्।

रणवीर अभिनयबाट चर्चामा नहुँदा कपडाबाट चर्चित भएका छन्। यस विषयमा दीपिका भन्छिन्, ‘रणवीरको कपडा देखेर नै तपाई भन्‍न सक्नु हुन्छ की यिनी कहिले मसँग थिए र कहिले थिएनन्।’

‘फाइन्डिङ् फेनी’ को सानो अंशमा रणवीर देखिएका छन्। यो सीन थियो दीपिका बेहुली बनेको। भनिन्छ रणवीरले यो रोल सित्तैमा गरेको थिए। अब अघिल्लो महिना रणवीर सिंह दीपिकाको रिल लाइफकोे हैन, रियल लाइफको बेहुलाको रोलमा हुने छन्।

स्रोत:बीबीसी

कात्तिक ७, २०७५ मा प्रकाशित