काठमाडौँ- नेपाली साहित्यको विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएवापत डा. तारानाथ शर्मालाई ‘पद्यश्री साधना सम्मान’ र आख्यानकार नयनराज पाण्डेको संस्मरण सङ्ग्रह ‘यार’लाई ‘पद्यश्री साहित्य पुरस्कार’ प्रदान गरिएको छ।

खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठान, चितवनद्वारा स्थापित ती सम्मान र पुरस्कारका राशी दुई लाख रुपैयाँसहित सम्मानपत्र  छ। प्रतिष्ठानले विसं २०६३ देखि वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये एक र विसं २०६७ देखि साहित्य र कलामा दीर्घ साधना गर्दै आएका एक स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ। बुधबार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनका माता हरिकला लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार एवम् सम्मान प्रदान गरेका हुन्।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्