वटुको फुटबल मोह

वेद पढ्‍ने वटुकहरु फुटबलमा रमाउँदै (फोटो फिचर)

पशुपति राममन्दिरस्थित भागवत संन्यास आश्रममा फुटबल खेल्दै गरेका वटुकहरु। पछिल्लो समय फुटबलको क्रेज जताततै बढिरहँदा उनीहरु पनि यसप्रति आकर्षित हुन थालेका छन। तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार
पशुपति राममन्दिरस्थित भागवत संन्यास आश्रममा फुटबल खेल्दै गरेका वटुकहरु। पछिल्लो समय फुटबलको क्रेज जताततै बढिरहँदा उनीहरु पनि यसप्रति आकर्षित हुन थालेका छन। तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

पछिल्लो समय फुटबलको क्रेज जताततै बढिरहँदा काठमाडौंको पशुपति राममन्दिरस्थित भागवत संन्यास आश्रम एवं गुरूकुलमा अध्ययनरत वटुकहरु यसतर्फ आकर्षित हुन थालेका छन्।

अध्‍यात्म र दर्शनको अध्‍ययनका निम्ति गुरुकुलमा भर्ना भएका बटुकहरु प्रत्‍येक दिन पशुपति राममन्दिरस्थित भागवत संन्यास आश्रम फुटबल खेल्दै आएका छन्। खेलप्रतिको बढ्‍दो मोहका कारण वटुकहरु पहेँलो कछाड लगाएर जुत्ता बिनै खाली खुट्टा फुटबल मैदानमा उत्रिएका हुन।

फुटबल सिक्‍न भए पनि उनीहरु एकातिर दुई वटा डब्बालाई गोल पोस्ट बनाएका छन् भने अर्कोतिर ढुंगालाई पोस्ट साक्षी मानेर फुटबल खेलेर रमाइरहेका छन्। उनीहरु अध्‍ययन पश्‍चात वा फुर्सद भएका बेला फुटबल खेल्‍न तम्सिहाल्छन्।

सामान्य फुटबलका नियमलाई पालना गर्दै फुटबल खेलिरहेका उनीहरुलाई चर्चित फुटबल कल्बहरु र खेलाडिहरुको नाम समेत नाम थाहा छ । बुधबार दिउँसो आश्रमसँगैको चौरमा पूर्वदेखि पश्‍चिम नेपालका वटुकहरु फुटबल खेलिरहेका थिए। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेराम यसरी कैद गरिन्।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्