तिलिचो ताल घुम्‍न गएका व्यवसायीको लेक लागेर मृत्‍यु

पोखरा- दसैँको रमझम सकिएुँगै मनाङको तिलिचो ताल घुम्न पुगेका युवा ब्यवसायी सरोजराज अधिकारीको लेक लागेर मृत्यु भएको छ।

पोखरा बागमारा स्थित सेती रिभर साइड रिसोर्टका सञ्चालक, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवं नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक समेत रहेका अधिकारी साथीहरु सहित मनाङ पुगेका थिए।

लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो।

अस्पताल आउनु अगाडि नै श्वासप्रश्वासमा समस्या आई उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कात्तिक ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्