हेल्थ टिप्स

जाडोयाममा तुलसीको पातसँगै मह, ज्वानो र बेसारको झोलको फाइदा

काठमाडौँ – मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । जसले गर्दा दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ ।

सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनका अनुसार जाडोयामको यो मौसममा विषेशगरी हावाजन्य रोगहरुको बढ्दो संक्रमण रहन्छ । धेरैजसोलाई रुघाखोकीले सताउने गर्छ ।

नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, घाँटी खसखसाउनु जस्ता समस्या जाडो सुरु हुने बितिकै देखिने लक्ष्ण हुन् ।मौसम परिवर्तनको समयमा रुघाखेकी, ज्वरो आउने , निमोनिया , टाईफाइड, इन्फ्लुएन्जा जस्ता संक्रामक रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।

पछिल्लो केहि दिन देखि रुघाखेकी, ज्वारोको बिरामी सरुवा रोग अस्पताल टेकुमा दिनहुँ आउने गरेको डा. पुन बताउँछन ।
डा. पुन भन्छन ‘यो समयमा ख्याल गरेनौँ भने स्वास्थ्यमा गम्भीर असर पर्छ । तसर्थ यस्तो बेलामा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्छ ।’

डा. पुनका अनुसार जाडो मौसम सुरु भएपछि ध्यान दिनु पर्ने कुरा यस्ता छन् ।

  • पानी उमालेरै खाने चाहे मौसम गर्मी होस या जाडो
  • तुलसी, बेसार, ज्वानो, मह र मनतातो पानी खानाले रुघाखोकीलाई कम गर्न सकिन्छ ।
  • तातो सुप खाने, शरीर पुरै छोपिने न्यानो लुगा लगाउने
  • बिहानीपखको घाममा केहिबेर बस्ने
  • काम गर्न ठाँउमा कसैले खोक्दै या हाच्छुउ गर्दैछ भने आफु १ मिटरको दूरीमा बस्ने
  • खाना या खाजा खाँदा साबुन पानीले राम्रोसँग हात धुने
  • व्यक्तिगत स्वास्थ्यमा विषेश ध्यान दिने ।
कात्तिक ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्