प्रचण्ड केहिबेरमा दिल्ली उड्दै, साँझ फर्कने, दिनभरी के गर्नेछन् ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत जादैछन् ।

दिल्लीमा सुरु हुने ‘संगोष्ठी’लाई सम्बोधन गर्न प्रचण्ड शुक्रबार बिहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गर्ने समयतालिका छ ।

इन्डिया फाउण्डेसनद्वारा आयोजित उक्त ‘संगोष्ठी’लाई पुष्पकमल दाहालसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने आयोजकले बताएको छ।

उक्त फाउण्डेसनले गत अगष्टमा दिवंगत भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपीयको नाममा ‘मेमोरियल लेक्चर’ सुरु गर्ने भएको छ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्ड बिहान गएर नयाँ दिल्लीको कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्कनेछन् ।

दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

कात्तिक ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्