इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथो पटक च्याम्पियन

धनगढी- भारतको हल्दानीमा सम्पन्न पाचौँ इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथौँ पटक च्याम्पियन बनेको छ ।
२७ गोल्ड मेडलका लागि भएको प्रतिस्पर्धामा नेपाल १७ मेडल सहित च्याम्पियन बनेको हो ।
नेपालको तर्फबाट आदित्य श्रेष्ठ, गोसेफ नेपाली, विशाल बिक, सौरभ अन्सारी, कमल ओलि, आरती चौधरी, अर्जुन थापा, पुस्पा मडै, प्रकाश भट्टले गोल्ड मेडल प्राप्त गरे ।
त्यस्तै, अनिल सोब, सुरज कुश्मी, गरिमा मल्ल, अरुणा ओलि, सागर बिक, अमर बछेरा, सुदिप एस के र अभिषेक शाही पनि गोल्ड मेडल प्राप्त गर्न सफल भएको प्रतियोगितामा सहभागी नेपाली टिमको नेतृत्व गरेका राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रीय महासचिव तथा प्रतियोगितामा प्रमुख रेफ्री प्रकाश कुमार चन्दले जानकारी दिए ।
अल इण्डीया वादोकाइ कराते दो संघको आयोजनामा बिहिबार र शुक्रवार सञ्चालन भएको प्रतियोगितामा नेपालका तर्फबाट ३५ जना गरि १५० जना खेलाडीहरु सहभागी थिए ।
प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतियोगितामा नेपाल यसअघि ३ पटक च्याम्पियन भइसकेको थियो ।