७ जुवाडे पक्राउ, १ लाख ३५ हजार रुपैयाँ बरामद

जिल्ला प्रहरी कार्यालय दाङ।

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। साथै एक लाख ३५ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।

घोराही उपमहानगरपालिका–३ भैसकुरस्थित शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीमगरले जानकारी दिए।

आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता घर्तीमगरले जनाएका छन्।

कार्तिक ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू