अग्ला व्यक्तिलाई क्यान्सरको जोखिम बढी

अग्ला व्यक्तिमा क्यान्सर जोखिम बढी हुने पछिल्लो एक अध्ययनले देखाएको छ । १० लाख भन्दा बढी मानिसमा गरिएको अध्ययनबाट अग्ला व्यक्तिमा क्यान्सरको जोखिम बढी हुने पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

यसअघिका अनुसन्धानमा पनि अग्ला व्यक्तिमा जोखिम बढी रहेको देखिएको थियो । पछिल्लो अनुसन्धानले त्यसलाई थप पुष्टि गरेको अनुसन्धानकर्ताले बताएका छन् । तर धुम्रपानसहितका कारणले हुने जोखिमको तुलनामा उचाईका कारण हुने जोखिम भने निकै कम रहेको बताइएको छ ।

अग्ला व्यक्तिमा क्यान्सरको जोखिम बढी देखिए पनि त्यसको मुल कारण भने थाहा हुन सकेको छैन। अग्ला व्यक्तिमा क्यान्सरमा परिणत हुन सक्ने कोषिकाहरु बढी हुने भएकाले जोखिम उच्च भएको हुन सक्ने अनुसन्धानकर्ताको तर्क छ ।

व्यक्तिको वास्तविक उचाई अनुसार जोखिक निर्धारण हुने अनुसन्धानकर्ता डा. लियोनार्ड ननीले बताएका छन् । औषत उचाई भएका हरेक पाँच सयमा ५० महिलामा क्यान्सरको जोखिम देखिने गरेकोमा हरेक पाँच सयजना अग्ला (१७८ सेन्टिमिटर) महिलामा ६० जनामा क्यान्सरको जोखिम देखिएको छ ।

यस्तै त्यो भन्दा अग्ला (१८८ सेन्टिमिटर) पाँच सयमा ६७ जनामा जोखिम बढी हुन्छ । अनुसन्धानको क्रममा पुरुषको औषत उचाई ५ फिट ७ इन्च र महिलाका लागि ५ फिट ३ इन्च राखिएको छ । औषत भन्दा रहेक १० इन्च उचाई बढी हुँदा क्यान्सरको जोखिम १० प्रतिशतले बढ्छ ।

कार्तिक १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्