
‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा
दिनहुँ प्रदर्शन, कहिले लाठी जुलुस त कहिले सिट्टी जुलुस निक्लियो उमाको नेतृत्वमा। कहिले धर्मशाला कहिले सडकमा बास थियो उनीहरुको। ४८ दिनको आन्दोलन निकै कष्टकर थियो। अर्धनग्न भएर प्रदर्शन गरेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति मन्त्री रामचन्द्र पौडेलले उनको टोलीलाई वार्तामा बोलाएका थिए।