नेकपाका अध्यक्ष कट्टेलको कटाक्ष

‘सत्ता र शक्तिको आडमा सत्तारुढ नेकपालाई अधिकारिकता’

ऋषि कट्टेल।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालन जाने चेतावनी दिएका छन्।

काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा कट्टेलले निर्वाचन आयोगले जनतालाई भ्रममा पार्ने गरी कोष्ठभित्रको नेकपालाई वैधानिकता दिएको टिप्पणी गरेका छन्।

सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायालयले पनि सही सावित गर्ने जान्दा–जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफु अदालत जाने उनले स्पष्ट पारे।

उनले वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र बिसर्जनवादतर्फ उन्मुख भएकाले आफुहरु क्रान्तिकारी शक्तिसँगको एकतामा अघि बढ्ने बताए।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै बिर्सजनवादको बाटोमा पुगेको भन्दै कट्टेलले आफु कम्युनिष्ट आन्दोलनलाई जीवित राख्ने बाटोमा अघि बढ्ने बताएका छन्।

कात्तिक १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्