पर्यटन प्रवर्द्धनको प्रयास

सयौं पर्यटकलाई मुस्ताङ पुर्याउने लियो क्लबको घोषणा

मुस्ताङ।

महेन्द्रनगर – लियो जिल्ला परिषद् ३२५ बि२ नेपालले नेपालको पर्यटकीय नगरी मुस्ताङमा एकै पटक सयौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको छ।

लियो जिल्ला परिषद् ३२५ बि२ नेपालको मुख्य आयोजनामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न प्रिज्म इन्टरनेशनल युथ क्याम्पको सुरु हुन लागको हो।

लियो जिल्ला परिषद् ३२५ बि२ का अध्यक्ष तारा गुरागाईका अनुसार मुस्ताङमा प्रथम पटक प्रिज्म इन्टरनेशनल युथ क्याम्प हुने लागेको बताए। उनका अनुसार कात्तिक १४ देखि १८ सम्म हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सयौंको संख्यामा युवा पर्यटकहरु सहभागी रहनेछ।

लियो जिल्ला परिषद्ले सन् २०१८ को विशेष प्रोजेक्टको रुपमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय युथ क्याम्प गर्न लागेको अध्यक्ष गुरागाईले बताए।

उनका अनुसार लियोले दोस्रो पटक गर्न लागेको उक्त युथ क्याम्पले मुस्ताङ क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने र युवालाई पर्यटन उद्यमी बनाउने मुख्य उद्देश्य राखेको छ।

जोमसोम, छुसाङ, मुक्तिनाथ, कागबेनी, मार्फा लगायतको क्षेत्रको भ्रमण गर्ने युथ क्याम्पको कार्यतालिका रहेको छ। लायन्सको युथ प्रोजेक्ट लियोले वार्षिक रुपमा विश्वभरि विभिन्न कार्यक्रम गर्ने गरेका छन्।

अन्तर्राष्ट्रिय युथ क्याम्पको तयारी अन्तिम चरणमा रहेको बताउँदै अध्यक्ष गुरागाईले भने, ‘लियो जिल्ला परिषद् अन्र्तगतका क्लबका साथीहरुले रजिष्ट्रेसन गर्ने क्रम जारी छ, एकै पटक सयौं पर्यटकलाई मुस्ताङ पुर्याउने योजनामा छौं।’

मुस्ताङ भ्रमण प्याकेज अनुसार पाँच दिनसम्म विभिन्न रमणीयस्थलको अवलोकन गर्ने योजना छ। लियो जिल्ला परिषद ३२५ बि२ नेपालले उक्त अन्तर्राष्ट्रिय युथ क्याम्पको कात्तिक १४ पोखरामा प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी तथा अग्रज लायन्स तथा लियो पदाधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ। लियोको जिल्ला परिषदले ब्रान्ड एम्बेसेडर लेखक सुविन भट्टराईलाई बनाएको छ।

कात्तिक १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्