समुदाय प्रहरी साझेदारी कार्यक्रम

अपराध नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न तयार छौँः मुख्यमन्त्री

शेरधन राई।

विराटनगर – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले कार्यक्रम सुरु गरेको छ।

विराटनगरको आदर्श विद्यालयमा आयोजित कार्यक्रमको उद्घाटनग गर्दै मुख्यमन्त्री शेरधन राईले अपराध र हिंसा नियन्त्रणका लागि गर्न सबैप्रकारको प्रभावकारी कदम चाल्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

प्रदेशलाई भ्रष्टाचार र अपराधमुक्त बनाउनका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका राईले बताए। उनले भने, ‘अभियानले स्थानीय सरकारसँग साझेदारीमा हातेमालो गर्दै प्रदेशबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सुशासन कायम राख्न सक्षम रहने विश्वास छ।’

त्यसैगरी, कार्यक्रममा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले प्रहरी जनतालाई शान्तिसुरक्षा र सुशासन प्रदान गर्न सक्षम रहेको दाबी गरे। उनले अभियानले प्रहरी र जनताबीच थप निकटता ल्याउने स्पस्ट पारे।

कार्यक्रममा प्रदेश नम्बर एकका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार कार्कीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा प्रस्तुत गरेका थिए।

सो अवसरमा प्रदेश नम्बर एकका विभिन्न स्थानीय तहका प्रमुख र प्रहरी निकायका प्रमुखहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कात्तिक ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्