बस र टिपर ठोकिएर तीन जनाको मृत्यु, ३३ घाइते

दुर्घटनाग्रस्त बस र टिपर।

दाङ – दाङबाट बुटवल जाँदै गरेको बस र टिपर बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिँदा तीन जनाको मृत्यु भएको छ।

दाङबाट बुटवल जाँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नम्बरको टिपर एक आपसमा ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी दाङ गढवा गाउँपालिकाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

दुर्घटनामा ३३ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्