धनगढी – ५२ वर्षदेखिको नेपालमा टोयोटाको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटिएस)ले प्रदेश ७ धनगढीको बसन्त क्लासिक अटोमोबाइल्सलाई औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरी बिक्रेता नियुक्त गरेको छ।

चर्चित कम्पनी टोयोटाले उत्पादन गरेका गाडी अब धनगढीमा पनि सहज रुपमा उपलब्ध हुनेछ। सुदूरपश्चिम प्रदेशको धनगढीमा खोलिएको यस नयाँ ३ एस सेवा टोयोटाको अन्तर्राष्ट्रिय गुणस्तरलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो।

धनगढीका ग्राहकहरुको अत्यधिक मागलाई महसुस गरी बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटालाई धनगढीमा ल्याउने उद्देश्य लिएको थियो।

यसअघि बसन्त क्लासिक अटोमोबाइल्सले सोही सम्बन्धी व्यापार गर्दै आइरहेको थियो। बजारको आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटा परिवारमा समावेश हुने निर्णय गरी यस नयाँ शोरुम खोलेको हो।

युटिएसका वरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र बसन्त क्लासिकका भुवन भट्ट, बसन्त भट्ट, र देवीदत्त भट्टले नयाँ शोरुमको उद्घाटन गरेका हुन्।

एक सय ५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए।

जापानी भाषामा ‘काइजेन’ अर्थात् ‘सदैव सुधार गर्न तत्पर’ नारालाई ध्यानमा राखेर नयाँ शोरुमले आउने दिनहरुमा राम्रो सुबिधा दिने विश्वास युटिएसले लिएको छ।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्