भारत र पाकिस्तानबिच सीमा विवाद

भारतीय सेनाद्वारा पाकिस्तानका केही क्षेत्रमा आक्रमण, सीमा क्षेत्रमा तनाव

सीमा क्षेत्रमा भारतीय सेना।

नयाँ दिल्ली – भारत र पाकिस्तानको अन्त्यहीन सीमा विवाद फेरि चुलिएको छ। जम्मू कश्मिरको ‘लाइन अफ कण्ट्रोल’स्थित भारतीय सेनाले पाकिस्तानको केही क्षेत्रमा सोमबार आक्रमण गरेपछि द्विपक्षीय तनाव बढेको हो।

हमला पुन्छ जिल्लाको मेन्ढर सेक्टरमा आक्रमण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सेनाको आक्रमणबाट पाकिस्तानका कयौँ इलाका ध्वँस्त भएका छन्।

पाकिस्तानी अधिकृतको कश्मिरस्थित हजीरा र रावलकोट सेक्टरमा आक्रमण भएको हो। उक्त क्षेत्रमा पाकिस्तानले आतंकवादी समूहलाई सहयोग गरिरहेको भारतको आरोप छ।

पाकिस्तानले चाहिँ भारतले सीमासम्बन्धी सम्भौता उल्लंघन गरेको बताएको छ। यसैबीच, जम्मु कश्मिर पुलिसले तीन जना आतंकवादीलाई पक्राउ गरेको जनाइएको छ।

कात्तिक १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्