समुद्रमा खसेको विमानको उपकरणमा अघिल्लो दिनदेखि नै गम्भीर समस्या

उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको इन्डोनेसियाली विमानको इन्जिन अर्थात उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको थाहा भएको छ ।

१८९ जना रहेको लायन एयरको जेट विमान स्थानीय समय अनुसार सोमबार बिहान उडेको केही मिनेटपछि नै समुद्रमा खसेको थियो । विमानको प्राविधिक अवस्था सम्बन्धी प्राप्त भएको जानकारी अनुसार आइतबार नै विमानको उपकरणमा गम्भीर समस्या देखिएको पाइएको बिबिसीले जनाएको छ ।

विमानबाट प्राप्त भएको प्राविधिक विवरणमा विमानको उपकरण ‘भर गर्न अयोग्य’ रहेको उल्लेख छ । यो विवरण पाइलटले फस्ट अफिसरलाई बुझाउनु पर्ने थियो । दुर्घटनामा परेको बोइङ्ग ७३७ मा सवार कोही पनि जीवित रहेको भन्ने सम्भावना देखिँदैन ।

क्याप्टेनले एयर स्पीड अर्थात हावाको गति अवलोकन गर्ने उपकरण भर गर्न योग्य नरहेको उल्लेख छ । यसअघि लायन एयरले विमानमा प्राविधिक समस्या रहेको बताएको थियो ।

कात्तिक १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्